विराटनगर, २८ फागुन । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा आज उद्घाटन खेलमा नेपालले भुटानसँग भिड्दै छ ।
मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा हुने खेलमा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन ।
च्याम्पियनसिपमा दक्षिण एसियाका नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।










प्रतिक्रिया दिनुहोस्