Banner News

बम पड्काउनेसँग वार्ता हुँदैन, कानुन बमोजिम नियन्त्रणमा लिइन्छ : प्रधानमन्त्री



काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने र उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइने बताएका छन   ।

मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो समूहसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन् ।

उनले भने, ‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने रु उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् रु बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैन’ प्रधानमन्त्रीले भने ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता रु उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

 वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा ध्यानाकर्षण गराउन आएको व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताउदै उनले भने, ‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ उनले भने ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।