समाचार

जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १८ घाइते



हेटौंडा, २८ फागुन । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मंगलबार मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् भने घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगी उद्दारको कार्य चलिरहेको प्रहरीले जनाएको  छ ।