काठमाण्डौ, २९ फागुन । राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय गीत पछि बैठक प्रारम्भ भएको सभामुखले भन्न नपाउँदै राजपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो ।
सभामुक कृष्णबहादुर महराले पटक पटक बस्न र बैठकको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्