समाचार

हत्या गरी फालेको अवस्थामा शव फेला



बझाङ, २९ फागुन । सदरमुकाम चैनपुरमा ढुङगाले हानेर हत्या गरिएकोे अवस्थामा एक जनाको शव फेला परेको छ ।

स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ भने सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।