काठमाडौं, ३० फागुन । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।
चितवनको कुरिनटारबाट मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि फागुन ३० र चैत १ गते दुई दिन बन्द गरिने भएको हो ।
प्रा.लिका अनुसार केबलकार चल्ने टावर, पुराना यन्त्र उपकरण, तारलगायतको मर्मत गर्नुपर्ने भएकाले बन्द भएको जनाएको छ ।
मर्मतपछि चैत २ गतेदेखि नियमित सञ्चालन हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्