दमौली, ३० फागुन । तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
बुधबार पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नम्बरको स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी २५ वर्षीया प्रतिक्षा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भण्डारीको दमौली अस्पतालमा उपचारको क्रममा बिहान ११:२५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्