समाचार

वन अधिकृत साह घुससहित पक्राउ



कैलाली, ३० फागुन । जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । वन अधिकृत साहलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताएको छ । वन मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले पैसा मागेको बताइएको छ ।