समाचार

पोखरा र गोरखामा श‌ंकास्पद बस्तु फेला



काठमाडौं, ३० फागुन । पोखराको सभागृह चोक र गोरखाको १२ किलोमा शंकास्पद वस्तु फेला परेको छ ।

बिहीबार बिहानै पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

गोरखाको गोरखा नगरपालिकाको १२ किलोमा पनि शंकास्पद बस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन । आज विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।