महोत्तरी, ३० फागुन । कञ्चनवनमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हुनेमा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् ।
इलाका प्रहरी कार्यालय सितापुर भंगहाका अनुसार घाइते दुवैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्