Banner News

षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास होइदैन : अध्यक्ष प्रचण्ड



काठमाडौ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहलाई प्रचण्डको नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नुहने बताउनुभएको छ ।

वाइसिएल नेपालले यहाँ बिहीबार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम बोल्दै अध्यक्ष प्रचण्डले कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवस्यकता अनुसारको सक्कलताबाट मात्रै सफल हुने बताउनुभयो । उहाँले विप्लपलाई संकेत गर्दै कसैको नक्कल गर्दै धाक धम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैले सपना नदेख्न चेतावनी समेत दिनुभएको छ ।

पार्टी एकिकरणबाट बलिदानको किर्तीमानीलाई स्थापना गर्न सफल भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर बास्तविक प्रचण्ड हुन सकिदैन ।’

विप्लपलाई लक्ष्यीत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘निधार खुम्च्याएर सोच्नुपर्छ, निरंकुशतामा लान सकिदैन ।’ उहाँले देशमा शान्ति, अमनचयनलाई विथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानुन अनुसार कारवाही गर्छ, परिस्थिती अनुसार अघि बढ्ने चेतावनी समेत दिनुभएको छ ।

सरकारले प्रचण्डललाई नै १ नं. मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी गराएको भन्दै आफु कसैको धम्कीबाट विचलित नहुने समेत बताउनुभयो । उहाँले जनताको त्याग र वलिदानीबाट नै समाजवादको आधार तयार भएको भन्दै समाजवादको यात्रामा अघि बढेको रातारात आउन नसक्ने साथै एकता र सहकार्यका साथ महान् समावजवादको उज्यालोमा पुग्न सकिने धारणा व्यक्त गर्नुभयो ।

शहिदहरु युग युग बाचेका हुन्छन्, सम्मानीत हुने बताउँदै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सवै सहिदहरुको एकै ठाउँमा शहिद पार्क बनाउने पार्टीमा सहमति भइसकेको जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले तल्लो तहको पार्टी एकिककरणको अन्तिम रुपमा केही दिनमा नै हुने समेत जानकारी गराउनुभयो ।