काठमाडौँ, १ चैत । नायिका झरना थापाको निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’ को गीतको भिडियो सार्वजनिक भएको छ ।
‘जिन्दगी नै भन्दीन’ बोलको गीतमा सुगम पोखरेल र प्रबिशा अधिकारीको स्वर रहेको छ भने एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ ।
गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र डेब्यु नायिका सुहाना थापाको अभिनय रहेको छ । चैत्र २९बाट देशभर प्रदर्शन हुन लागेको फिल्ममा अनमोल र सुहाना सँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका छन ।
भिडियो










प्रतिक्रिया दिनुहोस्