राजनीति

विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु : प्रधानमन्त्री ओली



काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिले आफु  अहिलेसम्म बाँचेको बताएका छन ।

शुक्रबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा बोल्दै विज्ञान प्रविधिको विकासका कारणनै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए।

उनले भने, “विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो । ”

प्रधानमन्त्री ओलीले विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताउदै उनले भने, “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।”

हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको बताए । उनले भने, “हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ ।”,  “ल्याण्डलक र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ ।”,

प्रधानमन्त्री ओलीले विशेष दीक्षान्त समारोहमा प्रसिद्ध स्वीस सिभिल इञ्जिनीयर तथा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने)का मानार्थ अध्यक्ष प्रा डा जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधी प्रदान गरेका छन ।