काठमाडौं, २ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचालन गर्ने योजना सरकारले अघि सारे बताएका छन ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले देशिक रोजगारमा गएकाहरुमा बढी किड्नीको समस्या देखिएको उल्लेख गर्दै त्यो समस्या आउन नदिन पनि सरकारले गन्तव्य मुलुकमै नेपाली चिकित्सकहरुको टोली आवश्यक्ताअनुसार पठाएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको बताएका छन ।
अस्वभाविक रुपमा हुँदै आएको मृत्युलाई रोक्न पनि सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका छन ।
मन्त्री विष्टले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरुको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था पनि गरिएको बताए ।










प्रतिक्रिया दिनुहोस्