समाचार

बुद्ध एयरले आउँदाे जेठदेखि कोलकाता उडान गर्ने



काठमाण्डाै, २ चैत । बुद्ध एयरले आउँदाे जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ ।

चुनावले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ । भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुने भएको छ ।

उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ । बुद्धले कोलकाता उडान एटीआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ ।

बुद्ध एयरसँग अहिले ६ वटा एटीआर ७२–५००, तीन वटा एटीआर ४२–३२० र दुई वटाबीच क्राफ्ट जहाज सञ्चालनमा छन् । थप एटीआर–७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।