समाचार

नदीमा डुबेर एक जनाको मृत्यु



सिन्धुली, २ चैट । सिन्धुलीको सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार सुनकोशी गाउँपालिका–७ कानढुङग्रे स्थित सुनकोशी नदीमा साथीहरुसँगै नदीमा पौडी खेल्न गएका १७ वर्षीय सन्दिप अछामीको डुबेर मृत्यु  भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका अछामीलाई साथीहरुले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लागिएको र उपचारको क्रममा उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।