काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्ड आक्रमणमा परि मृत्यु भएकाहरुको समझना समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै आतंकवादलाई परास्त गर्न जरुरी रहेको बताएका छन ।
प्रधानमन्त्री ओलीले पठाएको समवेदना सन्देशमा भनिएको छ, ‘क्रूर र अमानवीय काम कुनै पनि प्रकारले उचित छैन । आतंकवादलाई पूरै परास्त गर्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकार न्यूजिल्याण्डको सरकार र न्यूजिल्याण्डका जनताको साथमा रहेको उल्लेख गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
शुक्रबार न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा हतियारधारीको आक्रमणबाट ४९ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री जेसिन्डा अर्डनले यस घटनालाई न्यूजिल्याण्डको ‘कालो दिन’ भनेकी छन् ।










प्रतिक्रिया दिनुहोस्