राजनीति

सभापति देउवाद्वारा विप्लवलाई वार्तामा आउन आग्रह



काठमाडौं, २ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन ।

शनिबार प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले हत्याहिंसा छोडेर वार्तामा आउन र सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताएका छन ।

सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउदै प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताएका छन  ।

उनले नेपाल संविधानमा हिन्दू धर्म व्यवस्था मान्ने भन्दै गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताए  ।