एजेन्सी, २ चैत । न्यूजिल्याण्ड अदालतले आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई पाँच अप्रिलसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।
२८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो । उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप छ ।
शुक्रबार नमाज चलिरहेको बेला उनले अन्धाधुन्द गोली चलाएका थिए । आक्रमणको फेसबुकमार्फत लाइभसमेत गरेका उनलाई प्रहरीले शुक्रबारै नियन्त्रणमा लिएको थियो ।
बीबीसीका अनुसार आक्रमणकारी अष्ट्रेलियन मूलका फिटनेस इन्स्ट्रक्टर हुन् । उनलाई अदालतमा पेश गरिँदा हतकडी लगाइएको थियो । उनले घटना स्वीकार गरेको र जमानतका लागि आग्रहसमेत नगरेको जनाएको छ ।
यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्