भक्तपुर, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासमा आमुल फड्को मारिरहेको भक्तपुरले अबका दिनमा विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खाज्ने दिन आएको बताउनुभएको छ ।
आज भक्तपुरमा आयोजित आडाम्स ठिमीको २३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सांसद बस्नेतले आम भक्तपुरवासीको सपना र चाहना अनुसार विकासले तिव्रता पाएको बताउँदै अबका दिनमा भक्तपुरले विकासको अध्यारोमा बस्ने दिनको अन्त्य भएको बताउनुभयो ।
सांसद बस्नेतले भक्तपुरमा धेरै ठूला तथा साना सडक निर्माणका कामहरु भइरहेको बताउँदै हनुमन्ते नदीमा पाँच वटा पुल समेत निर्माण अघि बढिरहेको जानकारी गराउनुभयो । भक्तपुरमा अरनिको राजमार्गको बैकल्पीक सडकको रुपमा हनुमन्ते नदीको कोरिडोर निर्माण द्रुत गतिमा अघि बढिरहेको बताउँदै उहाँले पेप्सीकोलादेखि सल्लाघारीसम्मको सडक विस्तारको काम पनि तिव्र रुपमा अघि बढिरहेको जानकारी गराउनुभयो ।
भक्तपुरले विकासको नाममा विना व्यहोनुपर्ने दिन नआउने भन्दै उहाँले कुनै पनि विकास निर्माण, सडक निर्माण तथा विस्तार लगायतको कार्य गर्दा नागरिकको उठिवास हुने अवस्था आएमा राज्यले त्यसलाई क्षतीपूर्तीको व्यवस्था गर्ने जानकारी गराउनुभयो ।
उहाँले भक्तपुरको आवश्यकता तथा जनतामूखि योजना अनुसार विकासको भेल बगाउने उद्घोष गर्दै कुनै पनि विकास निर्माणमा आगामी दिनमा बजेटको अभावले रोकिने वातावरण नआउने समेत बताउनुभयो । उहाँले विकास निर्माणको क्रममा आउने समस्यालाई छलफल तथा वार्ताको माध्यबाट समाधान गर्न सकिने तर निर्माण कार्य भने रोक्न नसकिने बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले हुनमन्ते नदीको कोरिडोर निर्माण सम्पन्न भएपश्चात भक्तपुरका जनताले डुवानको समस्यालाई सधैको लागि अन्त्य हुने बताउनुभयो । उहाँले करिडोरको निर्माणसँग ढल व्यवस्थापनलाई समेत विशेष ध्यान दिनुपर्ने र आधुनीक तवरले कोरिडोर तथा ढलको काम अघि बढिरहेको बताउनुभयो ।
उहाँले स्थानीयवासीको समस्यालाई संवैधानिक तवरले न्याय दिएरमात्र नहुने भन्दै सम्बन्धीत पिडितले न्याय पाएको अनुभुती भए मात्र न्याय हुने बताउँदै विकासमा समस्या आए कुनै पनि समय वार्ता तथा छलफल गर्न र गराउन आफु तयार रहेको बताउनुभयो ।
भक्तपुरमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन लगायतका विकास निर्माणका कार्यहरु जनताको चाहना र आवश्यकता अनुसार व्यवस्थित ढंगले अघि बढिरहेको जानकारी गराउनुभयो ।
उहाँले भक्तपुरमा रहेको केही सार्वजनिक सम्पत्ती व्यक्तिले आफ्नो नाममा लगेको तर त्यसलाई अदालतले पुनः फिर्ता दिलाउने कार्य भइएको र बाँकी अन्य त्यस्ता प्रकारका कार्यलाई समेत तत्कालै कानुनी उपचार गरीने बताउनुभयो । उहाँले स्थानीय तह शक्ति र स्रोतको माध्यम भएकाले विकास निर्माण तथा जग्गा एकिकरण लगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढाइरहेको बताउनुभयो ।
उहाँले कुनै पनि नेपाली नागरिकल देशको कुनै पनि ठाउँमा जग्गा जमिन खरिद विक्रि गर्ने कानुनी अधिकार भएको बताउँदै नेपाली नागरिकले देशको कुनै पनि ठाउँमा व्यापार व्यवसाय गर्न रोक लगाउने प्रयास गर्नु लोकतन्त्रमा संक्रिणताको सोच भएको समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्