काठमाडौं, ३ चैत । महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा भारत र श्रीलंका भिड्दै छ ।
आइतबार दिउँसो तीन बजेदेखि सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको हो । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ ।
चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ प्रतियोगिताको पहिलो खेलमा नै प्रभावशाली जित निकालेको थियो ।
आइतबारको विजेताले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ भने उपविजेताले नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्