काठमाडौं, ३ चैत । बाहुबली’ निर्देशक एसएस राजमौलीको नयाँ फिल्म ‘आरआरआर’का नायीका आलिया भट्ट पक्का भएकी छिन् ।
आलियाले यो फिल्ममा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछिन् । आलिया राम चरणको जोडी भएर प्रस्तुत हुनेछिन् । फिल्मको विषयबस्तु र राम्रो निर्देशक पाएकाले उक्त फिल्ममा काम गर्न लागेको आलियाले बताएकी छिन् ।
३०० करोड लगानीमा निर्माण हुन लागेका आरआरआलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य राखेको छ ।
बलिउड अभिनेता अजय देवगण पनि आरआरआरमा देखिने भएका छन् । निर्माण युनिटका अनुसार उनको रोल सानो भएपनि महत्वपूर्ण रहेको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्