राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं, ३ चैत । राष्ट्रिय जनता पार्टीले आजको संसद बैठक अवरुद्ध गरेको छ ।

आइतबार ३ बजे बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको हो ।

संसदमा राजपा नेता लक्ष्मणलाल कर्णले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताएका छन ।

सभामुख कृष्णबदार महराले राजपा सांसदलाई उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बस्नका लागि अनुरोध गर्दा उनीहरुले  बस्न नमानेपछि  उक्त बैठक १० मिनेटका लागि स्थगन गरेका छन् ।