विश्व

मालीको सैनिक शिबरमा आक्रमण : आठ सैनिकको मृत्यु



एजेन्सी, ३ चैत । मालीको सैनिक शिबरमा बन्दूकधारी एक समूहले आक्रमण गर्दा कम्तिमा आठ जना सैनिक अधिकारीको मृत्यु भएको छ ।

झडपपछि पनि केही सैनिक सम्पर्क बाहिर रहेका र केही घाइते भएका बताइएको छ । सम्पर्कमा नआएका सैनिकहरू पनि मारिएको हुनसक्ने आशङ्का गरिएको छ ।

सेनाले दिएको जानकारी अनुसार, ‘आक्रमणकारी कार र मोटरसाइकलमा एक्कासी आई मोप्ती क्षेत्रको दिउरा सैनिक शिबिरमा आइतबार विहानै धावा बोलेका थिए, जसमा कैयौँ सैनिक मारिएका छन् वा सम्पर्कभन्दा बाहिर रहेका छन् ।’