काठमाडौँ, ४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सुरक्षालाई चुनौती दिने सामाजिक सञ्जाल बन्द गर्नु पर्ने बताएका छन ।
आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चको संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तरक्रियामा बोल्दै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गरिने व्यवस्था सो विधेयकमा रहेको बताएका छन ।
उनले भने, ‘नेपालमा जस्ले जतिबेलामा पनि प्रयोग गर्ने थलो बनाउने, अनि दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नुपर्छ ।’ ‘गुगल, फेसबुक, ट्वीटर, ब्लगजस्ता सामाजिक सञ्जाल जहाँ प्रयोग र विकास भएको छ, त्यहाँ दर्ता गरेर राज्यलाई कर बुझाइएको छ ।’, ‘नेपालमा पनि सो व्यवस्था लागू गरौँभन्दा स्वतन्त्रताको कोकोहालो चलाइदियो, कर छल्यो, यसलाई व्यवस्थित त गर्नुपर्यो नि ।’
मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने र स्वदेशी वा विदेशी जसले सामाजिक सञ्जाल कम्पनी चलाउँछन्, त्यसले कर प्रणालीमा आउनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गर्नुपर्ने आवश्यकता भएको हुँदा सो विधेयक ल्याएको बताएका छन ।
सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न पर्ने बताउदै मन्त्री बाँस्कोटाले भने, ‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रश्न होइन, नेपाललाई डिजिटल हस्ताक्षरको विकास गर्ने र जीवनमा सहज ल्याउने हिसाबले ल्याएको हो ।’










प्रतिक्रिया दिनुहोस्