विराटनगर, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून विपरित कार्य गर्न सरकारले छुट कसैलाई नदिने बताएका छन ।
आइतबार विराटनगर र कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजारको उद्घाटन गदै प्रधानमन्त्री लुटपाट गर्ने, बम पड्काउने कार्यलाई सरकारले छुट नदिने बताएका हुन ।
उनले भने, ‘यो देशमा संविधान अन्तर्गतका क्रियाकलाप गर्न सबलाई छुट छ ।, ‘तर कानून विपरित कार्य गर्न सरकारले छुट कसैलाई दिदैन, त्यो सबैले बुझे हुन्छ ।’
सरकारले हतियार बुझाउन समायवधि दिएको छ ।,’ प्रधानमन्त्री ओलीले भने, ‘समयमा हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ ।’










प्रतिक्रिया दिनुहोस्