भक्तपुर, ४ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्यागमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अन्तर्राष्ट्रिय चलखेलको माध्यमबाट विभिन्न प्रकारका स्रोत साधन नखुलेका सम्पत्ती माथि अवैध रुपमा गतिविधि गर्नेको दिन समाप्त भएको बताउनुभएको छ ।
निलबाराही नयाँ बस्ती टोल सुधार समितीको ५औं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सांसद बस्नेतले मुलुकमा अस्थिरता, युद्ध तथा विकास विरोधीले उग्र राष्ट्रवाद र भावुक राष्ट्रवादको आडम्बरी खोल आडेका केही तत्वहरुले देशको विकास र समृद्धिको विरोध गरेको बताउनुभयो । उहाँले उग्र राष्ट्रवाद र भावुक राष्ट्रवादको आडम्बरी खोल आडेर जनतालाई भ्रम फैलाउन कार्य नगर्न समेत आग्रह गर्नुभयो ।
उहाँले सिके राउतसँग राज्यको विना युद्ध ठूलो युद्धको विजय हासिल भएकोे बताउँदै पृथकतावादी शक्तिको अन्त्य गर्दै मुलुकले विकास र समृद्धिको ढोकालाई खुल्ला गरि अघि बढेको बताउनुभयो । सांसद बस्नेतले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी व्यवस्थित कानुन नहुँदा केही व्यक्तले कसैको चरित्र हत्या, गालिगलैज, असभ्य र अपराधीक समाज बनाउने कार्य गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सूचना प्रविधि सम्बन्धी ऐन आएको बताउनुभयो ।
ठेकदारले ढिला सुस्ती गरेमा कडा कानुनी उपचार हुने भन्दै सांसद बस्नेतले आफु निर्वाचित भए पश्चात भक्तपुरका जनतालाई विकासमा अधिकतम न्याय तथा अनुभुती हुने प्रकारको भएको र आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ढल, सडक, खानेपानी लगायतका पूर्वाधारहरु विकास र समृद्धिको आधार भएको बताउँदै उहाँले भौगोलिक समस्यालाई विशेष ध्यान दिई हनुमन्ते तथा मनोहरा नदीको कोरिडोर निर्माण तिव्र रुपमा अघि बढिरहेको जानकारी गराउनुभयो ।
अर्को वर्षदेखि भक्तपुर डुवान मुक्त बनाउने उद्घोष गर्दै सांसद बस्नेतले हनुमन्ते नदीको कोरिडोर सिलान्यास भएको दुई महिनामा ६ किलोमिटर पर्खाल लागिसकेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले मनोहरा नदीको कोरिडोर निर्माण कार्य यो वर्ष सम्पन्न गर्ने समेत बताउनुभयो ।
भक्तपुरमा एक वडा एक मुल सडक बनाउने मुख्य उद्देश्यका साथ सडक निर्माण तथा विस्तारमा भइरहेको बताउँदै उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय रंगशाला, आधुनिक सभागृह, सुविधा सम्पन्न वीर अस्पताल, प्राणी उद्यान केन्द्र लगायतका कामहरु अघि बढिरहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्