गोरखा, ४ चैत । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले सोमबार आरुघाट बजार बन्द गराएको छ ।
आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरे बजारको छिटो मुआब्जा निर्धारण गर्न माग गर्दै बजार बन्द गरिएको हो । आरुघाट क्षेत्रमा बजार र यातायात मात्रै बन्द गरेर सांकेतिक विरोध गरिएको बताइएको छ ।
बूढीगण्डकी जलविद्युत आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले भने डुबानमा पर्ने बजारक्षेत्रहरुको मुआब्जा निर्धारणको प्रक्रिया सुरु भैसकेको जनाएको छ ।
चलनचल्तीको व्यापारिक केन्द्रलाई महत्वका साथ सम्बोधन गरी स्थानका आधारमा प्रतिआना ५ लाखदेखि २५ लाखसम्म मुआब्जा तोकिनु पर्ने उनीहरुको माग छ ।










प्रतिक्रिया दिनुहोस्