काठमाडौँ, ५ चैत । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी, चितवनका सुनिल राउत र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्