समाचार

मोटरसाइकल र रिक्सा ठोक्किँदा एकको मृत्यु



काठमाण्डौ, ५ चैत । बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको मृत्यु भएको  छ ।

गएराति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकल पछाडि सवार काभ्रे घर भएका काठमाण्डौको रानीबारी बस्दै आएका ३६ वर्षीय हरि श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।