काठमाडौँ, ५ चैत । उज्जवल घिमिरेकोको निर्देशनमा रहेको फिल्म ‘लभ स्टेशन’ को दोस्रो गीत घाम जून’ बोलको भिडियो सावर्जनिक भएको छ ।
सुरेश लामाको स्वर रहेको गीतमा निर्देशक घिमिरेको शब्द तथा शम्भुजित बाँस्कोटाले संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ को अभिनय रहेको छ ।
फिल्ममा प्रदीप र जसितासगै रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारहरुको अभिनयरहेको छ ।
चैत २२ बाट प्रदर्शनहुने फिल्मलाई आलोक शुक्लाको छायांकन रहेको छ भने दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको पनि संगीत रहेको छ ।
भिडियो










प्रतिक्रिया दिनुहोस्