समाचार

बुध्द एयरले १२ औं एटीआर जहाज नेपालमा भित्र्यायो



काठमाडौं, ५ चैत । बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० नेपालमा भित्र्याएको छ ।

फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे  त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा भित्र्याएको हो ।

कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ । बुध्द एयरले आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ ।