काठमाडौं, ५ चैत । गृहमन्त्री रामबहादुर थापा बादल सरकारले समिति बनाएर राष्ट्रिय मर्यादाक्रममा संशोधन भइरहेको बताएका छन ।
संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री थापाले राष्ट्रिय मर्यादाक्रमबारे लामो समयदेखि छलफल र बहस भइरहेकाले सम्बोधन गर्नका लागि मर्यामक्रम संशोधनको चरणमा रहेको बताएका छन ।
उनले भने, ‘सरकारले समिति बनाएर राष्ट्रिय मर्यादाक्रम निर्धारण गर्न लागेको हो । अहिले मन्त्रिपरिषदमा पुगेको छ । केही सच्याउनुपर्ने भएकोले सच्याइएको छ।’
गृहमन्त्री थापाका अनुसार अबको केही समयमा नै मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम निर्धारण भएर सार्वजनिक हुनेछ ।










प्रतिक्रिया दिनुहोस्