काठमाडौं, ५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठकबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्