राजनीति

मुख्यमन्त्री राईद्वारा होली पर्व शुभकामना



विराटनगर, ६ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले होली पर्व अवसरमा स्वदेश था विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन ।

मुख्यमन्त्री राईले शुभकामना सन्देश जारी गर्दै भनेका छन, ‘असत्यमाथि सत्यको विजयको पर्वका रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो, रङको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको छु । हाम्रा चाडपर्वले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न अभिप्रेरित गरिरहेको छ ।’