समाचार

नक्कली नोटसहित दुई जना पक्राउ



काठमाडौँ, ६ चैत । काठमाडौँको बागबजार बाट नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदीलाई पक्राउ गरेको हो  ।

उनीहरुलाई रु एक हजार दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जनाएको छ ।