बुटवल, ६ चैत । कपिलवस्तुमा इँटा प्रहार गरेर एक वृद्धको हत्या भएको छ ।
बुधबार बिहान शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादव घरमा सुतिरहेका बेला इँटा प्रहार गरेर हत्या गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ ।
मृतक यादवको टाउको र अनुहारमा चोट लागेको छ । स्थानीय छेदी चौधरीले यादवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान थालेको छ ।
उनको शव नजिकै एक पत्रसमेत भेटिएको छ उक्त पत्रमा आर्थिक लेनदेनको विषय उल्लेख गरिएकोे जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्