राजनीति

विप्लव समूहका चार जिल्लास्तरका नेता पक्राउ



कपिलवस्तु, ७ चैत । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहनुभएको छ । शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ पर्नुभएको छ ।