विराटनगर, ७ चैत । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनापछि खोजतलास र उद्दारमा सक्रिय ३ जना प्रहरी पुरस्कृत भएका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरले अस्थाई प्रहरी चौकी, माथिल्लो फेदी ताप्लेजुङमा कार्यरत प्रहरी हवल्दार वेदकुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र मनोजकुमार चौधरीलाई पुरस्कृत गरेको हो । उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो ।
यो पुरस्कार प्रहरी अधिकारीको बढुवा अंकमा पनि जोडिन्छ भने पुरस्कृत प्रहरीको विवरणसहितको फ्लेक्स प्रिन्ट विराटनगरमा रहेको प्रहरी स्तम्भ र १ नम्बर प्रदेशभरिका इलाका प्रहरी कार्यालयमा एक महिनासम्म राखिँदै आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्