समाचार

रङ्गहरुको पर्व होली : तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै



काठमाडौं, ७ चैत । रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।

होली एक पावन र धार्मिक पर्व हो । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ ।

हिमाली र पहाडी जिल्लाहरुमा बुधबार होली मनाइँएको छ भने आज तराई मधेसका जिल्लामा होली मनाइदैछ । तराई तथा मधेसका जिल्लामा आज र भोली होली मनाइँने भएकोले २ दिन सार्वजनिक बिदा समेत दिएको छ ।

आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

होली पर्वमा सात प्रकारका रङ्गहरुको महत्त्व :

रातो रङ्ग : शक्ति, सौभाग्य, प्रेम, पवित्रता र ऊर्जा

नीलो रङ्ग : लोकहित र ताजगीको साथै धर्मयुद्धको प्रतीक

हरियो रङ्ग : शीतलता, आशाको प्रतिक र प्रकृति प्रेम

कालो रङ्ग : गम्भीरता र सुरक्षा

सेतो रङ्ग : शान्ति, शुद्धता, सहयोग, उज्यालो, निष्ठा एवं एकताको प्रतिक

पहेंलो रङ्ग :  प्रसन्न, सुस्वास्थ्य

गुलाफी रङ्ग : भावना, कला एवं कोमलता

सिन्दुर तथा सुनौलो रंग : बल, बुद्धि र ऐश्वर्यको सूचक