विश्व

गूगलमाथि युराेपियन संघले लगायाे जरिवाना



एजेन्सी, ७ चैत । गूगललाई यूरोपियन संघ इयूले सर्च इन्जिन १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको जनाएको छ ।

आयोगले दुई वर्षभित्र गुगललाई प्रतिस्पर्धा नियम उल्लङघनमा जरिवाना तिराएको यो तेस्रो पटक हो । गूगलले अनलाइन विज्ञापनमा आफ्नो बलियो अवस्थाको दुरुपयोग गरेको आयोगले ठहर गरेको छ ।