समाचार

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु



बैतडी, ७ चैत । बैतडीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु एको छ भने एक जना घाइते भएका छन् ।

गएराति सुर्नया गाउँपालिका ३मा ट्याक्टरको ट्रलीबाट खस्दा स्थानीय ४५ वर्षीया सीता देवी ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी ऐरीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको हो । सोही ट्याक्टरबाट खसेर धन बहादुर महराका ८ वर्षीय छोरा किरण सामान्य घाइते भएका थिए । उनको उपचार पश्चात डिश्चार्ज भइसकेको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।