समाचार

विश्वको खुसी देशको सूचीमा नेपाल पर्न सफल



काठमाडौं, ७ चैत । नेपाल विश्वमा सबैभन्दा खुसी देशको सूचीमा सयाैँ नम्बरमा पर्ने सफल भएको छ ।

सार्वजनिक राष्ट्रसंघीयको सूची अनुसार खुसी देशको नेपाल सयाैँ नम्बरको सूचीमा परेको हो ।

तेसैगरि फिनल्याण्ड पहिलो, दोस्रो डेनमार्क, तेस्रोमा नर्वे, चौथो आइसल्याण्ड, पाँचौं नेदरल्याण्ड र  छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड, स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया परेका छन् ।

उक्त प्रतिवेदनमा आर्थिक अवस्था, कूल आयु, सामाजिक समर्थन, छनौट गर्न सक्ने स्वतन्त्रता र देशका सरकारहरुको भ्रष्टाचारको तहलाई मूल्यांकन गरेर इन्डेक्स तयार पारिएको छ ।