Banner News

हतियार बिसाएपछि मात्र विप्लव समूहसँग वार्ता : मन्त्री बाँस्कोटा



काठमाडौँ, ८ चैत । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समूहले हतियार विसाएपछि मात्र वार्ता हुने बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले देशमा शान्ति स्थापना गर्न सरकार जुन सुकै बाटो अपनाउन सक्ने तर हिंसात्मक गतिविधिलाई निस्तेज बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको छ ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘सम्वादका निम्ति हामी तयार छौं । तर, सम्वाद गलत गतिविधिको तयारीका हुन सक्दैन । वार्तामा बस्नुअघि हतियार विसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’

मन्त्री बाँस्कोटाले कुनै पनि राजनीतिक समस्या वार्ता तथा छलफलको माध्यमबाट गर्न सकिने भन्दै उहाँले भन्नुभयो, ‘राजनीतिक मैदान नै खाली छ, जता पट्टी देखि खोले पनि हुन्छ, सरकार तयार छ ।’ उहाँले देशमा लामो राजनीतिक आन्दोलन पछि लोकतान्त्रीक गणतन्त्र स्थापना भएको बताउँदै विप्लव समूहले आफ्ना स्पष्ट मागहरु राखी तथा हतियार विसाई वार्तामा आउन चाहे सरकारले कुनै पनि समय वार्ताको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

सरकारले आफ्नै लागानीमा दुई वटा रेल किन्ने भएको छ । जनकपुर–जयनगर रेल्वे लाइनमा रेल संचालनका लागि सरकारले दुई वटा रेल किन्न स्वीकृति दिएको हो । रेल विभागलाई डेमो (डिजल इलेक्ट्रीफाई मोडेल) रेल किन्न ८४ करोड ९५ लाख बजेट स्विकृति दिइएको छ ।

यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ ।