समाचार

श्रीमानद्वारा श्रीमतीको हत्या



सर्लाही, ८ चैत । सर्लाहीको बरहथवा – ५ मा श्रीमानले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।