काठमाडौं, ८ चैत । काठमाण्डौको बीग मुभिजमा पूगेर प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘क्याप्टेन’ हेरेका छन ।
फिल्म हेरिसकेपछि प्रधानमन्त्रीले ओलीले भने, ‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का उत्कृष्ट खेलाडी हुन् ।’
प्रधानमन्त्री ओलीसँगै निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले उक्त फिल्म हेरेका थिए ।
आफ्नो फिल्म हेर्नका लागी प्रधानमन्त्री ओलीले आएकाले नायक अनमोल केसी पनि खुशी हुदै भनेका थिए, ‘प्रधानमन्त्री जस्तो व्यक्ति म जस्तो भर्खरै यो क्षेत्रमा आउँदै गरेको कलाकारको चलचित्र हेर्न आइदिनुभयो, म एकदमै भाग्यमानी संझन्छु ।’










प्रतिक्रिया दिनुहोस्