समाचार

तनहुँमा बस दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते



तनहुँ, ८ चैत । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार राति तनहुँको भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस रिसिङ गाउँपालिका ६ मैदानस्वाँरामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाँउपालिका स्थानीय बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगर रहेका छन् । मगरलाई उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा पदमबहादुर आले, होमबहादुर राना र लिला थापा रहेका छन् । उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।