कैलाली, ८ चैत । चिकित्सकको लापरवाहीले सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले धनगढी बजार बन्द गराएका छन् ।
सुत्केरी बेथा लागेपछि चैत्र ४ गते अस्पताल भर्ना गरिएकी धनगढी उपमहानगरपालिका वडा नम्बर-१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएको थियो ।
बिहीबार रातिदेखि नै अस्पताल घेराउ गरिरहेका उनीहरुले चिकित्सकलाई कारबाही हुनुपर्ने माग गर्दै धनगढीको मुख्य सडक ठप्प पारेर नाराबाजी गरिरहेका छन् । सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि कोहलपुर लैजाने क्रममा गर्भवती रेखाको बाटोमै मृत्यु भएको थियो ।
सुत्केरी व्यथा लागेपछि चैत ४ गते भर्ना भएकी थापाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनको पेट सुन्निएको मृतकका श्रीमान जय थापाले बताए । उनले उपचारमा संलग्न डाक्टरले दुई दिनसम्म ग्यास्ट्रिकको उपचार गरिरहे ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । उनले मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्