विराटनगर, ८ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा भारतद्वारा नेपाल पराजीत भएको छ ।
शहिद रंगशाला विराटनगरमा भएको फाइनल खेलमा भारतले नेपाललाई ३ – १ गोल अन्तरले पराजीत गरेको हो । चार पटक विजेता बनेको भारतले पुनः एक थप गर्दै पाँचौं पटक उपाधि चुम्न सफल भएको हो । घरेलु मैदानमा नेपाललाई भारतले उपाधी चुम्न सफल भएको हो । नेपाल भने चार पटक उपविजेतामा नै चित्त बुझाउनुपरेको छ ।
२६औं मिनेटमा भारतले एक गोल लगाई अग्रता लिएको थियो । त्यसको बदलामा नेपालका तर्फबाट सावित्रा भण्डारीले ३२औं मिनेटमा गोल फर्काइ वरावरी बनाउ सफल भएको थियो । ६२औं मिनेटमा भारतले पुनः गोल गरी दुई गोल बनाउन सफल भएको थियो । ७७औं मिनेटमा पुनः भारतले अर्को गोल थप्दै तीन गोल बनाएको थियो ।










प्रतिक्रिया दिनुहोस्