एजेन्सी, ९ चैत । ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमर पक्राउ परेका छन ।
राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा भ्रष्टाचार गरेको अभियोगमा उनलाई साओ पाउलोस्थित निजी निवासबाट प्रहरीले पक्राउ गरिएको छ ।
पूर्वराष्ट्रपति टेमरलाई अहिले त्यहाँको संघीय प्रहरीले रियो दि जेनेरियो लगिएको छ । उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
पूर्वराष्ट्रपतिले भने आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका टेमर पदमा बहालकै बेला भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्